Opening Hours : Sunday to Friday - 10 Am to 5 Pm

News And Events

माउन्ट भ्यू ईङ्लिश वोर्डिङ स्कुलको ३९ औँ वार्षिक उत्सव सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा विद्यालय प्रांगणमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाईएको हो ।

Apr 08, 2024

मिति २०८०/१२/२५ गते आइतबारका दिन श्री नेपाल आदर्श माध्यमिक विद्यालयले आफ्नो ४९ औं वार्षिक उत्सव, २२ औं अभिभावक दिवस, परीक्षाफल प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम आफ्नै विद्यालय प्राङ्गणमा माननीय प्रतिनिधि सभा सदस्य श्री मङ्गल प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न गरेको छ। सो कार्यक्रमको अध्यक्षता विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री नरेन्द्रमान के. सी. ज्यूले गर्नुभएको थियो भने वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक श्री मुक्तिनाथ पोख्रेल ज्यूले प्रस्तुत गर्नुभएको थियो। शिवराज नगरपालिकाका नगर प्रमुख श्री अजय थापा ज्यूले विषेश अतिथीको रूपमा शिवराजमा शिक्षा केन्द्रित बर्तमान प्रवृतीमाथी आफ्ना विचारहरू राख्नुभएको थियो। कार्यक्रममा उपस्थित आमन्त्रित दाता, शिक्षाप्रेमी, पूर्व प्र.अ./शिक्षक, शुभचिन्तक, अभिभावक तथा समाजसेवी ज्यूहरूले पनि रचनात्मक सुझाव सहित विद्यालयको उत्तरोत्तर प्रगतिको कामना सहितका भनाइहरू राख्नुभएको थियो भने कार्यक्रम सन्चालन विद्यालयका शिक्षक हेमनाथ अधिकारीले गर्नुभएको थियो

Facebook Share